नेपाली कांग्रेस संसदीय दलको बैठक : निष्कर्ष सुन प्रकरणको छानबिनलागि उच्चस्तरीय आयोग चाहिँदैन

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले एक सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि अहिले नै अर्को समिति नचाहिने निष्कर्ष निकालेको छ।

तीन दिनसम्म बसेको संसदीय दलको बैठकका निष्कर्ष सुनाउँदै सोमबार प्रमुख सचेतक रमेश लेखकले सो जानकारी दिएका हुन् । उच्चस्तरीय छानबिन समिति गठबनको माग दलको बैठकमा केही नेताहरूले गरे पनि संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता देखिएको निष्कर्ष निकालेको हो ।

बैठकपछि लेखकले भने, ‘त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनबारे कांग्रेस गम्भीर भएको छ। अवैधरूपमा सुन बाहिरिनु चिन्ताजनक छ । यस्ता गैरकानुननी कार्य पूर्णरुपले निस्तेज र नियन्त्रण हुनुपर्छ, यस्ता प्रकृतिको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो लगायतले छानबिन गरिरहेका छन् । कांग्रेसले यस घटनाको गहिराइमा गएर अनुसन्धान गर्न आग्रह गरेको छ ।’

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सम्बोधन गरेका थिए । महामन्त्री थापाले राज्यका निकायलाई अविश्वास गर्न नहुने धारणा राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *