आरती साहको लागि न्याय माग्दै रास्वपाका सांसद बसे धर्ना
काठमाडौं।आरती साहको हत्या भएको भन्दै मृतकका आफन्तले न्याय पाउनु पर्ने मागसहित मंगलबार माइतीघरमा प्रर्दशन भएको छ ।
जनकपुरधाम उपमहानगर–९ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी साहको हत्या भएको भन्दै मृतकका आफन्तले सुरु गरेको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साथ दिएको छ ।
मंगलबार काठमाडौंको माइतीघरमा साहका लागि न्याय माग्दै रास्वपाका सांसद मनिष झाले प्रहरीको ज्यादतीबारे आफूले पहल गरेको बताए ।
‘यो मुद्दा अदालतले हेर्छ, र प्रहरीले गरेको ज्यादतीको बारेमा म जानकार छु, मैले त्यसको बारेमा अनुसन्धानका लागि जिम्मा दिएको छु, चाँडै नै अनुसन्धान हुनेछ,’ उनले भने ।
जनकपुरधाम उपमहानगर–९ की आरतीको शव घरमै जेठ ७ गते आइतबार बेलुका फेला परेको थियो । उनको शरीरभरि डाम देखिएकाले हत्या भएको माइती पक्षको दाबी छ ।