सुन तस्करी प्रकरणमा संलग्न ६ चिनियाँ नागरिकको साथबाट नेपाली नागरिकता र राहदानी बरामद

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट गत साउन ३ गते बरामद भएको साढे ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङसहित सातजना चिनियाँसँग नेपाली नागरिकता र राहदानी फेला परेको छ । उनीहरु तिब्बती मूलका बेल्जियन नागरिक हुन् ।

उनीहरुलाई अवैधानिक रुपमा हङकङ हुँदै नेपालमा सुन तस्करी गरेको आरोपमा पक्राउ परेकाहरुको साथबाट केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बिहिबार नागरिकता र राहदानी बरामद गरेको हो । उनीहरुले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको सीआईबीले जनाएको छ ।

सीआईबीले बिहिबार सिंहदरबारबाट सुन प्रकरणका मुख्य नाइकेका नामले चिनिएका पुचेङलाई नियन्त्रण लिएर अनुसन्धान थालेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार ली वेङ सुङलाई पनि लैनचौरबाट पक्राउ गरिसकेको छ। सुन ल्याउने चिनियाँ गिरोहका मुख्य नाइके उनीहरु ६ जना रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ। काठमाडौंबाटै सुन तस्करी प्रकरणमा चारजना चिनियाँ नागरिकलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । अहिले टियान पिङ, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई प्रहरीको नियन्त्रणमा रहेका छन् । पक्राउमध्ये पिङ महिला र अन्य तीन पुरुष रहेका छन् ।

उनीहरुले सन् २०२१ / 0२२ मा काभ्रे प्रशासनबाट नेपाली नागरिकता र राहदानी लिएको खुलेपछि चिनियाँले नेपाली राहदानी र नागरिकता लिएको विषयमा सीआईबीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने तयारी गरेको जनाएको छ । राजस्व अनुुसन्धान विभागको नियन्त्रणमा परेका दावा लामाले नेपाली महिलासंग विहे गरेर नेपाली नागरिकता र बेल्जियम नागरिकता पनि लिएका थिए । सीआईबीले दावाबाहेक ६ जना चिनियाँलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

अहिलेसम्म हङकङ हुँदै नेपालमा अवैधानिक रुपमा सुनको तस्करी प्रकरणमा २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर राजस्वले फाइल बुझाएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। संगठित अपराधमा ६० दिन र राजश्व छलीमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ। उक्त प्रकरण अनुसन्धान सुरु भएको शुक्रबार ५३ दिन पुगिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *