सनराइज बैंकको स्वामित्वमा रहेका घरजग्गा बेच्दै लक्ष्मी सनराइज बैंक
काठमाडौं । लक्ष्मी सनराइज बैंक (साविक सनराइज बैंक)ले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा रहेका देशभरीका विभिन्न स्थानमा रहेका घरजग्गा लिलामी गर्ने भएको हो । बैंकले मोरङ्गका २ ठाउँमा रहेको घरजग्गा बिक्री गर्ने भएको हो ।
बैंकले मालपोत कार्यालय रंगेलीमा दर्ता कायम रहेको रंगेली नगरपालिका १ स्थित कित्ता नम्बर २४ को ० १ ४ ३ क्षेत्रफल भएको घरजग्गा र मालपोत कार्यालय विराटनगर उपमहानगरपालिका १२ स्थित कित्ता नम्बर २०८ को ० ० १० ० क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।