सनवे कलेजको डाटा साइन्स र एआईमा स्नातक कोर्स


काठमाडौं । सनवे कलेजले डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा स्नातक डिग्रीसहित छोटो अवधिको प्रोफेसनल सर्टिफिकेसन कोर्सहरू सुरु गरेको छ । सनवे कलेजले नेपालमा एआई लिडरहरू सिर्जना गर्ने भिजनका साथ, डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्समा स्नातक डिग्रीको साथमा छोटो अवधिको व्यावसायिक प्रमाणीकरण पाठ्यक्रमहरू सुरु गरेको छ । यो कोर्सले देशभित्र र देशबाहिर पनि आईटीमा डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स जनशक्तिको शून्यतालाई भर्न सक्ने अपेक्षा गरिएको छ ।

सनवे कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँग शैक्षिक साझेदारीमा बीएस्सी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्सको डिग्री प्रदान गर्दछ । टाइम्स हायर एजुकेसन वर्ल्ड र्‍याङ्किङ–२०२३ अनुसार विश्वव्यापी रूपमा ५०१–६०० स्थानमा रहेको कलेजले जानकारी दिएको छ । यो स्नातक डिग्री एक वर्षको प्रोफेसनल प्लेसमेन्टसहित ४ वर्ष अवधिको हुने पनि बताइएको छ । कलेजले विद्यार्थीलाई छात्रवृत्तिको अवसर पनि प्रदान गर्दछ । इच्छुक विद्यार्थीहरूले पाठ्यक्रमको लागि कलेजको वेबसाइटमा सम्पर्क गर्न सक्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *