शैक्षिक प्रमाणपत्रमा पाँच वर्षसम्म नाम, थर र जात सच्याउन पाउने


काठमाडौं । विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा पाँच वर्षसम्म नाम, थर र जात सच्याउन पाउने भएका छन् । मन्त्रिपरिषद बैठकले विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्षसम्ममा सच्याउन पाउने निर्णय गरेको हो । यसअघि शैक्षिक प्रमाणपत्रमा त्रुटि भए प्रमाणपत्र पाएको ६ महिनाभित्र सच्याउन मिल्ने व्यवस्था थियो ।

मन्त्रिपरिषद् बैठकले ‘उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियमावली २०८०’ पारित गरेसँगै विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भएको त्रुटि पाँच वर्ष भित्रमा सच्याउन पाउने भएका हुन् । विद्यार्थीले आफ्ना बाबुआमाको नागरिकताको प्रमाणपत्रमा जात, नाम र थर सच्याएमा सो बमोजिम विद्यार्थीले आफ्नो शैक्षिक पमाणपत्रमा जात, नाम तथा थर सच्याउन सक्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *