धरानको आन्दोलन टेलर मात्रै हो : प्रवक्ता शाही
काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् ।
राप्रपाको संसदीय दलको बैठकपछि पत्रकारसँग उनले नेपालको सिमानभित्र गाई, गोरु मार्नेलाई तीन वर्षको जेल सजायको स्पष्ट कानुन रहेको भन्दै अपराधीलाई सजाय नभए धरानमा सुरु भएको आन्दोलन सिंहदरबारसम्म आइपुग्ने चेतावनी दिए । ‘नेपालको कानुनमा स्पष्ट पशुपन्छीसम्बन्धी कसुरमा राखेको छ, कुनै व्यक्तिले गाई वा गोरु मारे भने नेपालको सिमानभित्र मारे भने तीन वर्षको जेल सजाय भनेर कानुन स्पष्ट छ,’ उनले भने, ‘त्यस कारण यो कानुनअन्तर्गत बसेर गृहमन्त्रीलाई अनुरोध गर्न चहान्छौँ कि त्यो अपराधीलाई कारबाही गरियोस्, धरानमा टेलर मात्रै हो, यो आन्दोलन देशभरि हुन्छ, सिंहदरबारभित्र पनि आन्दोलन हुन्छ ।’
उनले कानुनको पालना गराउने काम सरकारको भएको भन्दै नेपालको कानुनमा उल्लेख भएको कुरा लागू गर्न आग्रह गरे ।