कोशीमा गठबन्धनलाई सहयोग गर्ने सर्तमा राप्रपालाई समिति सभापति


काठमाडौं । नेकपा (माओवादी केन्द्र) आफ्नो भागबण्डामा परेको समिति सभापति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई दिन तयार भएको छ । माओवादीले पूर्वाधार विकास समितिमा माधव सापकोटालाई उमेदवार बनाउने तयारी गरेको थियो । तर, सत्ता गठबन्धनमा छलफलपछि राप्रपालाई दिइने भएको हो ।

सबै राजनीतिक पार्टीलाई मिलाएर लैजाने प्रधानमन्त्रीको स्प्रिड हो । मैले त्यसलाई समर्थन गरेँ, उनी भन्छन्, कोशीमा राप्रपाले सघाउनेलगायतका विषयहरु गठबन्धनमा भए होलान् । प्रतिपक्षी राप्रपाले पूर्वाधार विकास समितिमा सांसद दीपक सिंहलाई उमेदवार बनाउने भएको छ । उनको समर्थकमा सापकोटा आफैं बस्ने भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *