तस्करीको जालो तोड्ने काम रोकिनेवाला छैन ः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । अनेकौँ कुप्रचार भए पनि दृढताका साथ अघि बढ्ने उनले उल्लेख गरे । उनले भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । विभिन्न प्रकरणलाई निष्कर्षमा पुर्‍याइने उनको भनाइ छ । नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन । भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र भएर जान्छ । हामीविरुद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ । माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्र देश परिवर्तनको आधार तयार पार्न सकिने उनले उल्लेख गरे । माओवादीको रूपान्तरण अनिवार्य भएकामा उनले जोड दिए । देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरुआत गरिएको छ ।

यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुआत गर्नेछ । परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न नसक्ने उनले बताए । नयाँ अर्थनीति र योजनाका साथ अगाडि बढ्ने उनले सुनाए । परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन । यसमा गुणात्मक रूपान्तरण जरुरी छ, प्रधानमन्त्री प्रचण्डले भने, असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ । अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ । नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको र त्यसको नतिजा क्रमशः आउने बताए । कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरु भएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन । यी कामलाई तपाईंहरूले जनताको बीचमा लैजानुस् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *