सहारा नेपाल साकोसमा २८.४४ प्रतिशत तरलता
काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १० अर्ब ९८ करोड बढी लगानी गरेको जनाएको छ । संस्थाले प्रकाशन गरेको साउन महिनाको वित्तिय विवरण अनुसार १० अर्ब ९८ करोड ११ लाख ६५ हजार ६ सय ८४ रुपैया लगानी गरेको उल्लेख छ । संस्थाले १ अर्ब ६४ करोड ९४ लाख १५ हजार ३ सय रुपैया शेयर पूजी तथा ११ अर्ब १२ करोड ८६ लाख ९९ हजार ९ सय १ रुपैया बचत संकलन गरेको जनाएको छ ।
१ अर्ब २७ करोड २६ लाख ३८ हजार ९ सय ७६ रुपैया कूल संस्थागत पूँजी तथा १५ अर्ब ३७ करोड ६२ लाख ७२ हजार ३ सय ६९ रुपैया कूल सम्पत्ति रहेको जनाएको छ । संस्थाले प्रकाशन गरेको साउनको विवरण अनुसार जगेडा कोषमा १ अर्ब २३ करोड ५७ लाख ५३ हजार ६सय ५७ रुपैया तथा ४४ करोड ३१ लाख ८७ हजार ९ सय ९१ रुपैयाँ विभिन्न कोषमा रहेको जनाइएको छ । संस्थामा साउन मसान्तसम्म २८.४४ प्रतिशत अर्थात ३ अर्ब १६ करोड ५० लाख ८९ हजार ५ सय ६७ रुपैया तरलता रहेको जनाएको छ । २५ करोड ९ लाख ७७ हजार ३ सय २३ रुपैयाँ बाह्य ऋण रहेको संस्थाले जनाएको छ । १ लाख ५७ हजार ८ सय ६१ जना सदस्य रहेको संस्थामा ७५ हजार ५ सय ४० जना ऋणी सदस्य रहेको संस्थाले प्रकाशन गरेको विवरणमा उल्लेख छ ।