चन्द्रागिरि साकोस र ओमन्स क्रियसन सहकारीबीच सम्झौता


काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र बुढानिलकण्ठ नगरपालिकामा रहेको ओमन्स क्रियशन बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरणको सम्झौता भएको छ । दुवै संस्थाबीच संस्था एकीकरण गर्ने, गाभ्ने सम्बन्धी सहमतिपत्रमा एक समारोहबीच हस्ताक्षर भएको छ ।

दुवै संस्थाहरु सहकारी ऐन, नियमावली तथा सहकारीका नियमनकारी निकायले निर्देशन गरे अनुसार आ–आफ्नो कार्यक्षेत्र भित्र आ–आफ्नो विनियम बमोजिम सहकारिताको सिद्धान्त र मूल्य बमोजिम संचालन हुँदै आएका संस्थाहरु हुन् । हालको बदलिँदो परिस्थितिमा सहकारी अभियानलाई थप सार्थक बनाउँदै सदस्यहरुलाई व्यवस्थित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्नको लागि दुई संस्थालाई एउटै संस्था बनाई एकीकृत सेवा सञ्चालन गर्नको लागि यो एकीकरण गर्न लागिएको जनाइएको छ ।

एकीकरण गर्नको लागि दुवै संस्थाको संचालक समितिबाट नीतिगत सहमतिको निर्णय बमोजिम अख्तियार प्राप्त भएपछि सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । अब दुवै संस्थाका साधारण सभाबाट एकीकरणको प्रस्ताव पारित भईसकपेछी हाल ओमन्स क्रियशन साकोसको कार्यालय भएको स्थानमा ओमन्स क्रियशन सेवा केन्द्र मार्फत एकीकृत सेवा सञ्चालन हुने जानकारी गराइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *