कोशी प्रदेश : आज बजेटसम्बन्धी अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ ।

पुनस् मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् । सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था थियो । पुनस् अध्यादेश जारीएसँगै बजेट शून्यको अवस्था सकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *