महाकाली साकोसको तेस्रो साधारण सभाले हर्षित सहकारीसँग एकीकरणको प्रस्ताव पारित


काठमाण्डौं । कागेश्वरी मनोहरा वडा न. ९ काँडाघारीमा रहेको महाकाली बचत तथा ऋण सहकारी संस्था र काठमाडौं महानगरपालिका वडा न। ३२ को हर्षित बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण हुने भएको छ । दुबै संस्थाले एकै दिन साधारण सभा गरी एकीकरणको प्रस्ताव पारित गरेको हुन् । आगामी दुई महिना भित्र सयुक्त साधारणसभा गरी एकीकृत कारोवार गर्ने दुबै संंस्थाले जनाएका छन् । महाकालीले तस्रो र हर्षित सहकारीले १५ औं बार्षिक साधारणसभा सम्म्पन्न गरेको हो । अध्यक्ष बालकुमार बाँस्तोलाको अध्यक्षतामा महाकाली सहकारीको साधारणसभा सम्म्पन्न भएको छ । सभामा बोल्दै कागेश्वरी मनोहरा नगरपालिका सहकारी विभाग प्रमुख अनिता तामाङले सदस्य सहकारीको मालिक भएकाले संस्थाको हरेको कुराको निर्णय गर्न सक्ने बताईन् । नगरपालिका भित्र ७१ सहकारी संस्था रहेको जानकारी दिँदै उनले ती मध्ये ६५ संस्था कागेश्वरीको नियमन भित्र रहेको बताईन् । नगरपालिकाले सहकारी दर्ता, तालिम , नियमन, प्रवद्र्धन र विभिन्न कुरामा सहजीकरण गर्ने गरेको उनले जानकारी दिईन् । सहकारीको मूल्य, मान्यता र सिद्धान्त बाहिर गएर चलेका सहकारीलाइ नियमक निकायले हस्तक्षेप गर्न सक्ने उनको भनाई छ । सदस्यकेन्द्रीत संस्था बनाउन उनले आग्रह गर्दै सम्पति र दायित्व एकिन गरेर मात्र एकीकरणमा जान सुझाईन् । साधारणसभामा शुभकामना मन्तव्य राख्दै सहकारीकर्मी नेत्रप्रसाद धितालले सहकारी स्वायत्त संस्था भएको र सदस्यहरु एकजुट भएर स सानो बचत संकलन गरी आर्थिक तथा सामाजिक उत्थान को लागि लगानी गर्ने सक्ने बताए । कार्यक्रममा प्रा. डा.भिमप्रसाद न्यौपानेले सहकारी मार्फत स सानो पुँजी संकलन गरी राष्ट्रिय पुँजी निर्माण गर्न सकिने बताए । संबिधानले सरकार, नीजि क्षेत्र र सहकारी मिलेर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएकाले सोही अनुरुप सहकारीलाई अगाडी बढाउनु पर्नेमा उनले जोड दिए ।

संस्थाका अध्यक्ष बालकुमार बास्तोलाले आर्थिक बर्ष २०७९।८० को प्रतिवेदन सभामा प्रस्तुत गर्दै ‘समृद्ध जीवनको लागि सहकारी’ भने उदेश्यका साथ संंस्थाले विभिन्न गतिविधि अगाडी बढाएकोे बताए । सुशासन, पारदर्शिता र सदस्यको समृद्धि संस्थाको पहिलो प्राथमिकता भएको उनको भनाई छ । सुशासन र पारदर्शिताको विषयमा कहिले सम्झौता नगर्ने भन्दै उनले सदस्यहरुको आर्थिक तथा सामाजिकस्तर विकास गर्न सधैब संस्थाले सघाउने जानकारी दिए । स्थानिय निकायले संस्था दर्ता दिँदा एउटा नगरपालिकाभरी कार्यक्षेत्र नदिने भएकाले कार्यक्षेत्र विस्तार गर्न भएपनि एकीकरणमा जानुपरेको उनले जानकारी दिए । वृहत कार्यक्षेत्र विस्तार र धेरै सदस्यहरुसँग कारोवार गर्ने उदेश्यले दुई संस्थाबीच एकीकरण गर्न लागेको उनको भनाई छ ।
संस्थासँग ४० प्रतिशतको हारहारीमा तरलता रहेको जानकारी दिँदै उनले लगानीका लागि केही मापदण्ड रहेको र न्युनतम मापदण्ड पनि पुरा नगरेका सदस्यलाई लागनी नगरिने उनले जनाए । प्रकृया पुरा गरेर मात्र ऋण लगानी गर्ने गरेका कारण गत असार मसान्तसम्म संस्थाको ब्याज मुल्तवी शुन्य रहेको अध्यक्ष बास्तोलाले बताए । संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गरी आर्थिकस्तर माथि उकास्न भन्दै उनले ऋण लिएका सदस्यहरुले पनि मासिक रुपमा साँवा ब्याज तिर्न आग्रह गरे । संस्थाले यस आर्थिक बर्षमा स्वनियमन र सदस्यकेन्द्रित सेवा प्रदान गरी संस्थागत सुशासनलाई थप बलियो बनाउने,नियमनकारी निकायबाट प्राप्त निर्देशनहरु हुवहु पालना गर्दै अगाडी बढ्ने र सञ्चालक समिति ,सदस्य र कर्मचारी सबैका लागि शिक्षा तथा तालिम सञ्चालन गर्ने भएको छ । त्यसैगरी बचत तथा ऋणको ब्याजदर समय सापेक्ष हेरफेर गर्ने,पल्र्स अनुगमन प्रणालीलाई लागू गर्ने,सामुहिक जमानी तथा अन्य ऋणको लागि अनिवार्य बीमाको व्यवस्था गर्ने , मोबाइल एप्सको व्यवस्था गरी स्मार्ट सहकारीको अवधारणा अगाडी बढाउने र सदस्यहरुलाई थप सुबिधा प्रदान गर्ने योजना संस्थाको रहेको छ । सभाले गत आर्थिक बर्षको आर्थिक तथा लेखा प्रतिबेदन सहित सात वटा प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।

३५ जना सदस्यबाट १÷१ लाख शेयर पुँजी संकलन गरी २०७८ सालबाट वित्तीय कारोवार गरेको उक्त संस्थाले गत असार मसान्तसम्म १३ करोड ३ लाख कुल सम्पति पुर्याएको छ भने संस्थाको शेयर पुँजी ४ करोड २७ लाख ,जगेडा तथा अन्य कोषमा ५३ लाख २४ हजार रहेको छ । संस्थाले गत आ।ब।मा ८ करोड १० लाख बचत संकलन गरी ९ करोड ५१ लाख ऋण लगानी गरेको छ । संस्थामा २८३ जना सदस्य आवद्ध रहेका छन् । हर्षित साकोसको गत असार मसान्तसम्म ६ करोड २५ लाख कुल सम्पति रहेको छ । दुबै संस्था एकिकरण पश्चात कुल कारोवार २० करोड माथी पुग्ने भएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष तिलक बहादुर खड्काले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभामा बैंक तथा वित्तीय संस्थाका सञ्चालक, शिक्षा विद, पूर्व सरकारी कर्मचारी ,सहकारी संस्थाका सञ्चालक लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा रहेका थिए । स्थानिय व्यक्ति, बैंकर , शिक्षाविद, बुद्धिजिवी र पूर्व सरकारी कर्मचारीहरुको सहभागितामा स्थापित उक्त संस्थाले स्थापनाको छोटो समयमा उल्लेख प्रगति गर्न सफल भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *