नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एकजना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई उक्त नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।

उनका अनुसार अहिले अनुसन्धान जारी रहेको छ । विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलोमात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *