नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने


काठमाडौं । नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालन गर्ने भएको छ । उक्त सेवा सञ्चालन गर्न बैंकले सेवा प्रदायकसँग सम्झौता गरेको हो । यस सम्झौताले नेपाल बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्ने कम्पनीले जानकारी गराएका छन् ।

कार्यक्रममा नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौताप्रति खुशी व्यक्त गर्दै यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *