प्रधानमन्त्रीले सम्बोधन राखेसँगै प्रतिनिधि बैठक स्थिगित, अर्को बैठक असोज १४ गते आइतबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्बोधन राखेसँगै आजको लागि प्रतिनिधि सभा बैठक स्थिगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले भने, ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको हो । साथै चिनियाँ राष्ट्रपति शी सँग हाङजाओमै भेटवार्ता हुने बताएका हुन् ।

अर्को बैठक असोजको १४ गते आइतबार दिनको १ बजे बस्ने गरेर स्थिगित भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *