एनसेलको वार्षिकोत्सवको अवसरमा आकर्षक अफर


काठमाडौं । एनसेलले १८ औं वार्षिकोत्सवको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । एनसेलका अनुसार अब लगातार २८ दिनसम्म ग्राहकले दैनिक ‘स्योर प्राइज’ गिफ्ट पाउने छन् । ग्राहकले साप्ताहिक रुपमा बोनस ब्यालेन्स र बम्पर पुरस्कारका रुपमा स्कुटर पाउने समेत कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा सहभागी हुने हरेक ग्राहकले उपहार पाउने छन् । यस्तो उपहार प्राप्त गर्न ८१७११७३ डायल गरी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उपहारमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स डाटा, एनसेल अन नेट टाइम र एसएमएस रहेका छन् । स्योर प्राइज उपहार स्वरुप प्राप्त हुने सेवा–सुविधा २४ घण्टाका लागि मान्य हुने समेत कम्पनीले जनाएको छ । १ हजार जनाले भने १ सय रुपैयाँ बोनस प्राप्त गर्ने जनाइएको छ । योजनाको अन्त्यमा ७ जना ग्राहकले एकरएक वटा स्कुटर जित्ने भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *