रबिले दिए यस्तो चुनौति – ८४ मा राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ, कि तपाइको की हाम्रो !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलहरुलाई चेतावनी पूर्ण अपिल गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत सभापति लामिछानेले अहिले मिशन ८४ भन्नु भन्दा बाँकी रहेको चार बर्ष काम गरेर देखाउन चुनौती दिएका हुन् । उनले बाँकी रहेको चार बर्ष काम गरेर ८४ को चुनावमा नयाँ दलको जमानत जफत गरिदिन आग्रह समेत गरेका छन् ।

सम्पुर्ण पुराना दलहरुलाई अपिल:

देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस् । देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा ।

तर ‘मिशन ८४’ भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन । तपाईको लागि त मिशन ८० नै छ त ! मिशन ०७ सालदेखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला । अझ मिशन ८०, मिशन ८१, मिशन ८२, मिशन ८३ छदै छ त ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् । ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता । जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस् । ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ । गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई ।

राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर !! कि तपाइको कि हाम्रो । ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *