प्राइम बैंकले विभिन्न जिल्लामा ५ वटा कित्ता घरजग्गा बेच्दै


काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो स्वामित्वमा रहेका गैरबैंकिङ् सम्पत्तिहरु घरजग्गा बिक्री गर्ने भएको छ । बैंकको नाममा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा दर्ता कायम काठमाडौं महानगरपालिका १८ स्थित कित्ता नम्बर १५२३ को ०–११–०–० क्षेत्रफल भएको जग्गा र जग्गाले चर्चेको संरचना बिक्रीमा राखेको हो ।

यस्तै, मालपोत कार्यालय बेलौरी कञ्चनपुरमा दर्ता कायम पुनर्वास नगरपालिका १ स्थित कित्ता नम्बर ११८४, ११८५, ११८८ र ११८९ को क्रमशः ५९०, १२०५, ८०० र ३९२० वर्गमिटर क्षेत्रफलमा रहेका घरजग्गा बिक्री गर्ने बैंकले जनाएको छ । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *