सलिकोले हेली एभरेष्टलाई भुक्तानी दियो पौने २९ करोड दावी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले हेली एभरेष्ट एयरलाइन्सलाई पौने २९ करोड दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापत कम्पनीलाई २८ करोड ७१ लाख ५२ हजार ५५२ रुपैयाँ दावी भुक्तानी गरेको हो । इन्स्योरेन्सले उक्त कम्पनीलाई सो रकम बराबरको दावी भुक्तानी गरेको हो ।