ज्योति माविद्वारा निबन्ध लेखन प्रतियोगिता
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको किबाचोकस्थित ज्योती माध्यमिक विद्यालयले विश्व शिक्षक दिवसको अवसरमा नगरस्तरीय निबन्ध लेखन प्रतियोगिता गरेको हो । विद्यार्थीमा पठन सीप विकास र लेखनको सिर्जनशीलता अभिवृद्धि गर्न सो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मिलन कायस्थले बताए । निबन्ध लेखन स्पर्धाको लागि विद्यार्थीलाई संस्कृति संरक्षणमा विद्यार्थीको भूमिका विषय दिइएको थियो । सो विषयमा सहभागी विद्यार्थीले डेढ घन्टा लेखन गरेका थिए । प्रतियोगितामा सूर्यविनायकको अरनिको माविका छात्रा निर्जला सतशंकर प्रथम, सिरूटार माविकी छात्रा दिप्ती न्यौपाने द्वितीय र आयोजक ज्योति माविकी श्रीजु तामाङ तृतीय भइन् । स्पर्धामा अरनिको माविका मुकेश ठाकुर र गणेश माविका मुकेश ठाकुरले सान्त्वना स्थान हासिल गरेका थिए । वुमन फर ह्युमन राइटस सिंगल वुमन ग्रूपको प्राविधिक सहयोगमा सम्पन्न सो प्रतियोगितामा लेखिएका निबन्धहरूको मूल्यांकन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य ईश्वर बुढाथोकी, शिक्षक एवम् स्रष्टा अम्बिका धिताल र स्रष्टा तथा सञ्चारकर्मी हरिसुन्दर छुकनंको टोलीले गरेका थिए । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीलाई आगामी २६ गते आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गर्ने मिति तय गरिएको विद्यालयले जनाएको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको किबाचोकस्थित सो विद्यालयले विश्व शिक्षक दिवसको अवसरमा नगरस्तरीय निबन्ध लेखन प्रतियोगिता गरेको हो ।
विद्यार्थीमा पठन सीप विकास र लेखनको सिर्जनशीलता अभिवृद्धि गर्न सो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मिलन कायस्थले बताए । निबन्ध लेखन स्पर्धाको लागि विद्यार्थीलाई संस्कृति संरक्षणमा विद्यार्थीको भूमिका विषय दिइएको थियो । सो विषयमा सहभागी विद्यार्थीले डेढ घन्टा लेखन गरेका थिए । प्रतियोगितामा सूर्यविनायकको अरनिको माविका छात्रा निर्जला सतशंकर प्रथम, सिरूटार माविकी छात्रा दिप्ती न्यौपाने द्वितीय र आयोजक ज्योति माविकी श्रीजु तामाङ तृतीय भइन् । स्पर्धामा अरनिको माविका मुकेश ठाकुर र गणेश माविका मुकेश ठाकुरले सान्त्वना स्थान हासिल गरेका थिए । वुमन फर ह्युमन राइटस सिंगल वुमन ग्रूपको प्राविधिक सहयोगमा सम्पन्न सो प्रतियोगितामा लेखिएका निबन्धहरूको मूल्यांकन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य ईश्वर बुढाथोकी, शिक्षक एवम् स्रष्टा अम्बिका धिताल र स्रष्टा तथा सञ्चारकर्मी हरिसुन्दर छुकनंको टोलीले गरेका थिए । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीलाई आगामी २६ गते आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गर्ने मिति तय गरिएको विद्यालयले जनाएको छ ।