सरकारले इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लैजान उपाय खोज्ने
काठमाडौं । सरकारले इजरायल आक्रमणमा मृत्यु भएका नेपालीको शव यथाशिघ्र नेपाल ल्याउन पहल गर्ने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायली पक्षसंग समन्वय गरि नेपालीको शव यथाशिघ्र स्वदेश ल्याउन जहाज तयारी गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने पनि निर्णय गरेको छ । शनिबार इजरायल आक्रमणमा परि सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि गएका १० जनाको मृत्यु भएको थियो ।