एमाले सुदूरपश्चिमको सचिवमा चन्द, उपसचिवमा बिक सर्वसम्मत

धनगढी । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनको पाँचौं दिनमा दुई पदाधिकारी सर्वसम्मत भएका छन् । सचिवमा रणबहादुर चन्द र उपसचिवमा नरबहादुर बिक सर्वसम्मत भएका हुन्।

सचिवमा रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द सर्वसम्मत भएका हुन् भने उपसचिवमामा अशोक चन्दले फिर्ता लिए पनि बिक सर्वसम्मत भएका हुन्। यसअघि उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत भइसकेका थिए। उपसचिवमा महिला तर्फ कन्दकला राना र भागरथी विष्टको उम्मेदवारी छ। उनीहरुबिच पनि सहमतिको प्रयास भइरहेको छ।

अध्यक्षका उम्मेदवार भरत साउद र उपसचिवमा कन्दकला रानाले पनि उम्मेदवारी फिर्ता लिन करिब सहमति भैसकेको छ। उनीहरूले उम्मेदवारी फिर्ता लिए अध्यक्षमा कृष्णप्रसाद जैशी र उपसचिवमा भागरथी विष्ट चयन हुनेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *