सिटिजन्स बैंकको अध्यक्षमा युवा उद्यमी पाण्डे


काठमाडौं । सिटिजन्स बैंकको १७औं वार्षिक साधारणसभाले युवा उद्यमी प्रबलजंग पाण्डेलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाले उनीसँगै सीता कार्की केसी, सजन शर्मा र दिग्विजय बिष्टलाई बैंकको सञ्चालकमा निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित पाण्डे लोमस ग्रुपको कार्यकारी निर्देशक र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यका रुपमा काम गरिरहेका छन् । बैंक, बीमा, सिमेन्ट, मेडिकल, पर्यटन लगायत क्षेत्रमा लगानी गरेर नेपाली उद्योग व्यवसायमा उदाहरणीय उद्यमीको छवि पाण्डेले बनाएका छन् ।

नेपाली व्यवसायमा पाण्डे समूहले पृथक किसिमको छाप बसालेको छ । पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् । नेपालमा बुवासँगै व्यवसाय गरेर पृथक किसिमको छवि निर्माण गरेकामध्ये उनका दाजुभाइहरु पर्छन् । उनीहरु आफ्नै मिहेनतले नेपाली उद्योग व्यवसाय क्षेत्रमा स्थापित भएका छन् । भारतको बैंलोरबाट इन्जिनियरिङमा स्नातक गरेका पाण्डे दुई दशकभन्दा बढी समयदेखि व्यवसायमा सक्रिय छन् । अध्यक्ष पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन् । अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता गरेका छन् । निवर्तमान अध्यक्ष राजनसिंह भण्डारीले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने बताए । आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्द रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *