सुन तस्करीको आरोप लागेका महरा पुर्पक्षका लागि थुनामा


काठमाडौं । सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले बताए ।

न्यायाधीश डण्डपाणि शर्माको इजलासले घटनामा उनी संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउनुपर्ने आदेश गरेको हो । महरा लगायत ४ जनामाथि आपराधिक विश्वासघात ,भन्सार चोरी तथा संगठीत अपराध सम्बन्धी कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *