वित्तीय सुशासन, पारदर्शिताप्रति प्रतिबद्ध छौं ः अर्थमन्त्री डा.महत
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का एशिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक बो लीसँगको भेटवार्तामा अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शिता नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । भेटवार्तामा विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो । अर्थमन्त्री महतले वित्तीय सुशासन, पारदर्शिता लगायतका कुराहरु नेपालको माटो सुहाउँदो किसिमले सुधार गर्न प्रतिबद्ध रहेको तर वातावरण सुहाउँदो हुनुपर्ने र नेपालको केही आवश्यकता बुझिदिन आग्रह गरे ।
‘वित्तीय सुशासन, पारदर्शिताप्रति प्रतिबद्ध छौं, तर सबै कुरा भनिएजस्तो हुँदैन, हाम्रो आफ्नै संरचना पनि छन्, छलफलमा अर्थमन्त्री डा. महतले भन्, ‘बुझाइमा समस्या छ, के काम गर्ने भन्ने कुरामा स्पष्ट छौं । जवाफमा उपनिर्देशक बो लीले भने, ‘सुधारको कुरा गर्नुहुन्छ भने हामी सकारात्मक छौं, हामीले सुधार गर भन्ने नै हो । छलफलपछि ईसीएफको तेस्रो किस्ताका लागि कर्मचारी तहमा भएको सम्झौता (एसएलए) आईएमएफ बोर्डबाट पास गर्ने सहमति बनेको छ । थप सहयोग कहाँ के गर्न सकिन्छ भन्ने कुरा छलफल चलाउने र उपयुक्त निष्कर्ष निकाल्ने बारेमा छलफल भयो । छलफलमा अर्थ सचिव कृष्णहरि पुष्कर, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।
















