गरिमा विकास बैंकको डेबिट क्रेडिट कार्डमा नगद फिर्ता योजना


काठमाडौं । बडादसैंलाई लक्षित गरी गरिमा विकास बैंकले नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म नगद फिर्ता योजना ल्याएको हो । यस योजनाअन्तर्गत बैंकको डेबिट क्रेडिट कार्ड प्रयोगकर्ताले विकास बैंकको एउटा कार्डबाट अधिकतम २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् ।

नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रर्वधन गर्न सार्वजनिक गरिएको यस योजनाको अवधि असोज २८ देखि कात्तिक ७ सम्म रहेको बैंकले जनाएको छ । साथै, गरिमा विकास बैंकले ग्राहकको दसैं किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ । बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *