दशैँको लागि आजदेखि नयाँ नोट सटही सुरु, कहाँ कहाँ नोट ?
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विगत वर्षमा झैँ यस वर्ष पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैंकले आज असोज २९ गतेदेखि नोट सटहीको गर्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्रको हकमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग र वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान हुने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटहीको सुविधा लिन सकिने छ । राष्ट्र बैंकले एक जनालाइ रु १००, ५० , २०, १० र ५ रुपैयाँ दरका एक एक बन्डल नोट सटही गर्ने छ । एक बन्डलमा १०० वटा नोट रहन्छ। यसरी नोट सटही गर्दा एक जनाले कुल १८ हजार ५ सय रुपैयाँको नोट सटही गर्न पाउने छन् ।