कुमारी बैंकको बडा दसैं क्यास व्याक तथा दक्षिणा योजना


काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दसैं दक्षिणा’ र ‘क्यास व्याक अफर’ योजनालाई थप समयको लागि निरन्तरता दिएको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडको ‘क्यास व्याक अफर’ योजनाले महान चाड दसैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०,५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५सय १ रुपैंया सम्म क्यास व्याक दिइने छ । क्यास व्याक रकम पिओएस,ईकमर्श,क्यूआर पेमेण्टस् बाट गरीने कारोबारमा प्रदान गरिनेछ । चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कातिक ६ देखि कातिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ ।
साथै, कुमारी बैंक लिमिटेडले बडा दसैं को विशेष दिन बिजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘क्यास व्याक अफर’ सँगै ‘बडा दसैं दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ । यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकहरुलाई बैंकद्वारा ५० क्यास व्याक दिइने जनाएको छ । क्यास व्याक का लागि योग्य हुन न्युनतम कारोबार १ सय हुनुपर्नेछ । माथि उल्लेखित दुवै अफरहरु विहान ८ बजे देखि राति ११ः ५९ बजे सम्म गरीएका कारोबारमा लागु हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *