एभरेष्ट बैंकद्वारा रत्नराज्य माध्यामिक स्कुलमा खानेपानीको प्लान्ट सञ्चालन


काठमाण्डौं । एभरेष्ट बैंकले रत्नराज्य माध्यमिक स्कुलमा सीएसआर अन्तर्गत मध्य बानेश्वरस्थित खानेपानीको प्लान्ट सञ्चालनमा गरिदिएको छ । विद्यालयले आयोजना गरेको चाडपर्व विशेष चियापान कार्यक्रमको अवसरमा बैंकले खानेपानि प्लान्ट सञ्चालन गरिदिएको जनाएको छ ।

कार्यक्रमको प्रमुख आतिथ्यमा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकुन्दराज अर्याललाई, बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र नक्साल शाखाका प्रबन्धक शिरिष बोहोराका साथै विद्यालयका प्रधानाध्यापक रामशिष यादवको समेत उपस्थिति रहेको थियो ।
बैंकको देशैभरि छरिएर रहेको १२७ शाखा संजाल छन् । यसका साथै ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय र १६२ एटीएम रहेको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *