नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकलबीच सम्झौता


काठमााडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र नबिल बैंकबीच सम्झौता भएको छ । ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र नबिल बैंक बिच एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा पाउनेछन् ।

जस अन्तर्गत कुनै पनी ग्राहकहरुले एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर क्रेडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्ने कम्पनीले जनाएको छ । एफ डि मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य रु. २,६१,९ सय ९९ र एफ फाइब ए को मुल्य रु. २,९७,९ सय ९९ रहेको छ । छिटै ग्रन्थ ई भी ले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रिको लागी ल्याउने जनाईएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *