मंगलबार नेपालि बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँ र तेजावी सुन एक लाख १५ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि सुनको मूल्य ५ सयले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *