२०२३ अक्टोवर – नेपाल भ्रमणमा सबै भन्दा बढी भारतीय पर्यटक

काठमाडौं । नेपालमा सबैभन्दा बढी भारतीय पर्यटकहरु नेपाल भ्रमणमा आउने गरेका छन् । २०२३ को अक्टोवरमा सबै भन्दा बढी १८ हजार ४ सय ८० भारतीय पर्यटक नेपाल भ्रमणमा आएका हुन्।

यस्तै युएस,बाट १४ हजार ८ सय ७९ जना, युकेबाट,८ हजार २ सय १७ जना, चीन, ६ हजार ८ सय ८० , अस्ट्रेलियाबाट,६ हजार ७५,जर्मनी,५ हजार ९ सय १६ जना ,फ्रान्सबाट,५ हजार २ सय ७१ जना,बंगलादेशबाट, ४ हजार २ सय ९२ जना , श्रीलंकाबाट २ हजार ५ सय सात जना र इटालीबाट २ हजार,४ सय ६७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाली भौगोलिक , प्राकृतिक र धर्म संस्कृतिमा विविद्यत्तायुक्त मुलुक भएकाले विश्वले निकै सुन्दर आँखाले हर्न थालेपछि क्रमश विभिन्न देशबाट नेपाल आउने पर्यटकहरुको संख्या वृद्धि हुन थालेको हो ।

सन २०२३ मा विभिन्न देशबाट जम्मा १ लाख १७ हजार, ३ सय ६ जना नेपाल भ्रमणमा आएका छन् भने सन २०१९ मा विभिन्न देशबाट नेपाल भ्रमण्मा आउनेको संख्या १ लाखा १० हजार ६ सय २२ जना रहेको थियो । यो आँकडालाई हेर्दा सन २०२३ मा नेपालमा घुम्न आउनेको संख्या बढेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *