देश टाइटनिक डुबे जस्तै डुब्दैछ : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा।सिके राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे । अध्यक्ष राउतले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएको बताए । उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए । उनले अँध्यारो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने बताए । उनले चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठुला दलको लाचारीपन भएको बताए ।

अध्यक्ष राउतले संसद् यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *