बहराइनलाई हराउदै ओमान टी- २० विश्वकपमा छनौट

काठमाडौँ । ओमान टी-२० विश्वकपमा छनौट भएको छ । आज टियु मैदानमा भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेसँगै ओमान टी-२० विश्वकपमा छनौट भएको हो ।

बहराइनले दिएको १०७ रनको लक्ष्य पछाएको ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । बहराइनले यसअघि पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १०६ रन बनाएको थियो । योसँगै ओमान २०२४ को जुन ४ देखि ३० जुनसम्म अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनौट हुने १७औं देश बनेको छ । ओमान एशिया क्षेत्रबाट छनौट भएको हो ।

आयोजकको हिसाबले अमेरिका र वेस्टइण्डिज स्वत: छनौट भएका छन् भने अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, इङल्याण्ड, भारत, पाकिस्तान, नेदरल्याण्डस, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र श्रीलंका गरी ८ देश स्वत: छनौट भएका छन् । त्यसैगरी टी-२० वरियताको आधारमा अफगानिस्तान र बंगलादेश पनि स्वत: छनौट भएका छन् ।

त्यस्तै युरोपको क्वालिफायरबाट आयरल्याण्ड र स्कटल्याण्ड छनौट भएका छन् भने इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट पीएनजी र अमेरिका क्वालिफायरबाट क्यानडा विश्वकपका लागि छनौट भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *