नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा बाराको कलैयामा


काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मधेश प्रदेशमा २१ औं नयाँ शाखा बाराको कलैया उपमहानगर पालिका–४ स्थित बरियारपुरमा आइतबारदेखि सञ्चालनमा ल्याएको छ । कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योतीप्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले अब बैंकमार्फत नै आर्थिक कारोबार हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्ने अन्य वक्ताहरुले कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *