राष्ट्रिय सहकारी बैंकको साधारणसभा मंसिर ३० गते हुने
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको २०औं वार्षिक साधारणसभा मंसिर ३० गते हुने भएको छ । कार्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सातै प्रदेशमा एकैदिन साधारणसभा गर्ने निर्णय गरेको हो । साथै साधारणसभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय) पौष ६ गते काठमाडौंमा हुने भएको छ ।
साधारणसभाका १३ वटा एजेण्डाहरु रहेका छन् । साधारणसभाका अन्य कोषको रकम जगेडा कोषमा स्थानान्तरण गर्ने, विनियम संशोधन, कार्यविधिहरु थप तथा संशोधन, केन्द्रीय कार्यालय स्थानान्तरण, नियमनकारी निकायको निर्देशन लगायत १३ वटा एजेण्डाहरु रहेका छन् ।