प्राइम बैंकद्वारा भूकम्पपीडितको लागि २५ लाख ५१ हजार सहयोग


काठमाण्डौं । प्राइम कमर्सियल बैंकले जाजरकोट भूकम्पपीडितको लागि २५ लाख ५१ हजार सहयोग गर्ने भएको छ। बैंकले भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

बैंकले विनाशकारी भूकम्पको चपेटामा परी दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, उपचाररत सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। कार्तिक १७ गते, शुक्रवार, राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति बैंकले गहिरो दुःख पनि व्यक्त गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *