१५ दिनको पारिश्रमिक कांग्रेस सांसदले भूकम्पपीडितलाई दिने


काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले भूकम्पपीडितका लागि संघीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीस्थित निवासमा बसेको बैठकले भूकम्पमा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसैगरी बैठकले भूकम्पबाट मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *