पाटन अस्पताल : बिरामीको मृत्युकाे कारण पत्ता लगाउन परिक्षणमा औषधि

काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केही समयपछि विरामीको मृत्यु भएको छ । शनिबार नर्सहरुले विरामी भएर अस्पताल भर्ना भएका दुई जना विरामीको मृत्यु भएको जनाइएको छ । डिउटीमा रहेका नर्सहरुले उनीहरलाई दुई एन्टिबायोटिक औषधि दिएका थिए ।

मृत्यु हुनेमा ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी रहेका छन् । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

उनीहरु दुवै एउटै वार्डमा भर्ना भएका थिए । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएको अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माले जानकारी दिए । डा. शर्माका अनुसार राईमा निमोनिया भएको थियो । अक्सिजन दिएर उपचार गरिएको थियो । त्यस्तै, नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, नगरकोटीमा उपचारपछि स्वास्थ्य अवस्था राम्रो हुँदै आएको थियो । डिस्चार्ज गर्ने भन्ने चिकित्सकको योजना थियो ।

राई र नगरकोटीलाई सेफ्ट्रियाक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) र चलाइएको डा.शमर्माको भनाइ छ । डा. शर्माले बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नभएको उल्लेख गरेका छन् । राईको उमेर पनि धेरै भइसकेका हुनाले अन्य कुनै पनि कारणले मृत्यु भएको हुनसक्ने चिकित्सक बताउँछन् । कहिलेकाहीँ रगतको ढिक्का उछिट्टएिर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्ने डा.शर्माले बताए ।

अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार कहिलेकाहीँ जेष्ठ नागरिकको अचानक मृत्यु हुने गरेको बताए । नर्सले औषधि दिइसकेपछि तुरुन्तै ५ मिनेट भित्र नै दुवैको मृत्यु भएको थियो । त्यसकारण पनि बिरामीको आफन्तलाई शंका उत्पन्न भएको शाक्यको भनाइ छ । आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधि परिक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको छ ।

इक्जेन्सन दिएपछि उक्त घटना भएको हुनाले अस्पताल प्रशासनले औषधिलाई परीक्षणको लागि पठाइएको डा. शाक्यले बताए । ‘डां शाक्यका अनुसार नियमित हजारौं बिरामीलाई चलाइरहेको औषधि त्यही थियो । अन्य बिरामीमा त्यस्तो प्रतिक्रिया औषधिले नदिएको तर यी दुई जनामा अकल्पनीय भयो । मृत्युको कारण पत्ता लगाउनका लागि मृत्तकको पोस्टमार्टम गरिने भएको छ ।

‘गतल औषधिको कारणले मृत्यु भएको भए कानुन अनुसारको सजाय हुने जसका लागि पोष्टमार्टमाको रिपोट आएपछि मात्र पत्ता लाग्ने डा. को भनाइ छ । ओखलढुंगाकी ९० वर्षीया जनमाया राइका आफन्तले लास घर लगेका छन भने ६८ वर्षीय कृष्णबहादुर नगरकोटी भने पोस्टमार्टका लागि लास अस्पतालमा रहेको छ ।

गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित हुँदै हातपात र दुर्व्यवहारसमेत गरेका थिए । आवासकीय चिकित्सकमाथि हातपात भएपछि उनीहरु अहिले आन्दोलनमा उत्रिएको डा. शर्माले जानकारी दिए । उनका अनुसार डा. माथि हातपात भएपछि स्वतन्त्र रुपले काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका चिकित्सकहरुले हातपात गर्नेलाई चाँडो पक्राउ गर्नुपर्ने माग राखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *