भूकम्पपीडितलाई सहयोग गर्न समाजवादी मोर्चाको आग्रह

काठमाडौँ । समाजवादी मोर्चा नेपालले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ ।

मोर्चाका अध्यक्ष माधवकुमार नेपालले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा मृतकका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नाका साथै पीडितलाई गाँस, बाँस, कपास र पुनःस्थापनाका लागि राहात उपलव्ध गराउन सरकारसँग माग गरेका छन् । पीडितको उद्वार तथा आवश्यक उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको उक्त विज्ञप्तिमा तीनै तहका सरकारले पीडितको उद्धारमा देखाएको अग्रसरताको सह्राना गरिएको छ । विज्ञप्तिमा मोर्चा आवद्ध दल त्यसका सबै कमिटीलाई उद्वारकार्यमा सरकारलाई आवश्यक सहयोग गर्न निर्देशन दिइएको छ ।

विपतको बेलामा सबै प्रकारका सहयोग तथा राहतको व्यवस्था गर्न देश विदेशमा रहेका नेपालीलाई आग्रह पनि गरिएको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *