नेपाल आईपुगे चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय टोली

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको उच्चस्तरीय टोली नेपाल आइपुगेका छन् ।

पाँच दिने नेपाल भ्रमण योजनासाथ साथ आएका उक्त टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी छन् । वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् । उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नेछन् ।

साथै चिनियाँ नेता वाङ शुक्रबार पोखरा जाने कर्यक्रम तय भएको छ । नेता वाङले पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेसँग भेट गरी चीन-नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *