भाटभटेनीको राहत सामग्री जाजरकोट पुग्यो
काठमाडौं । भाटभटेनी सुपर मार्केटले जाजरकोट र पश्चिम रुकुममा ८० लाख बराबरको भूकम्प पीडित जनताको लागि उक्त चामल हस्तान्तरण गरिएको छ । भाटभटेनीका तर्फबाट चार लाख २० हजार केजी चामल बिहीबार नै रुकुम पश्चिम लगेर सरकारी निकायलाई हस्तान्तरण गरिएको चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले जानकारी दिए । उनका अनुसार जाजरकोटका लागि पठाइएको चामल त्यहाँ पुगेको छ ।
जाजरकोटमा पनि सरकारी राहत कोषमार्फत वितरण गरिनेछ । जाजरकोट पनि रूकुम पश्चिममा जत्तिकै चार लाख २० हजार केजी चामल सहयोग गरिएको उनले जानकारी दिए । भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राहत कोषमा एक करोड ११ लाख एक हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरिसकेका छन् ।
















