तिहारले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबैमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना गरेका छन् । ‘तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्दछु’ ,उनले भनेका छन् ।
नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको उनको भनाइ छ ।