रिलायबल नेपाल लाइफको आम्दानी ५६.५५ प्रतिशतले बढ्यो


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लगानी तथा कर्जाबाट हुने आम्दानी ५६.५५ प्रतिशतले बढेर ३० करोड ५० लाख ५२ रुपैयाँ पुर्याएको हो । कर्जाबाट हुने आमदानी सँगै कम्पनीको खुद नाफामा पनि सामान्य वृद्धि देखिएको छ। चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा कम्पनीको खुद् नाफा १.०१ प्रतिशतले वृद्धि भइ ११ करोड ९४ लाख रुपैयाँ पुगेको हो ।

अघिल्लो बर्षको सोहि अवधिमा यस्तो नाफा ११ करोड ८२ लाख रुपैयाँ मात्रै थियो । यस्तै कम्पनीले खुद बिमा शुल्कबाट ९३ करोड ३५ लाख रुपैयाँ आर्जैन गर्दा प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९४ पैसामा सिमति भएको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *