सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । सतै प्रदेशका गृहमन्त्रीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् ।

उनीहरूले मंगलबार अपराह्न गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरी समायोजन गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् । प्रहरी समायोजनको विषयमा दबाब दिन सातै प्रदेशका गृहमन्त्रीहरू यतिबेला काठमाडौँमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषयमा दबाब दिन उनीहरू काठमाडौँ आएका हुन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *