सिटिजन्स बैंकको नयाँ शाखा टेकुमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको टेकुमा १८९औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३७ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । टेकुमा आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे ।
कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने मनसाय व्यक्त गरे । सुविधा सम्पन्न यस शाखा मार्फत लकर सेवा, एटीएम सेवा लगायत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याँउने लक्ष्य बैंकको छ ।