फोटो प्रतियोगिता आयोजना गर्दै नेपाली सेना, प्रथम हुनेले ५० हजार नगद पाउने

काठमाडौँ । नेपाली सेनाले फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

सेनासँग सम्बन्धित तालिम, खेलकुद, समारोह, सैनिक कारवाहीका गतिविधि, नागरिक र सेना सहकार्य तथा अन्य विषयका फोटो प्रतियोगितामा सहभागी हुनसक्ने जनाइएको छ ।

प्रतियोगितामा सहभागी पहिलो हुने फोटोलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३५ हजार रुपैयाँ, तेस्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइने जङ्गी अड्डाले जनाएको छ । प्रतियोगितामा सहभागी हुन आगामी मंसिर २१ गतेसम्म photo.nepalarmy.mil.np मा फोटो पठाउनुपर्ने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *