कांग्रेस जनसम्पर्क समितिको १४ देशमा अधिवेशन सकियो

काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिको नयाँ नेतृत्वका लागि अधिवेशन भएको छ । सातवटा देशका जनसम्पर्क समितिले विशेष महाधिवेशनअघि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका थिए । थप सातवटा देशमा पार्टीको केन्द्रीय नेतृत्व परिवर्तन भएपछि अधिवेशन गरेका हुन् । विशेष महाधिवेशन अघि अधिवेशन सक्ने जनसम्पर्क समितिमा कुवेत, नर्वे, बहराइन, ओमान, साउदी अरेबिया, यूएई र मलेसिया छन् । हालसालै अधिवेशन गर्ने थप देशका जनसम्पर्क समितिमा अमेरिका, जापान, भारत, बेल्जियम, फ्रान्स, दक्षिण कोरिया र नेदरल्याण्ड छन् ।

अधिवेशनबाट कुवेतमा केशर घलान, नर्वेमा पारसमणि मिश्र, बहराइनमा शेरबहादुर रावत, ओमानमा सञ्जयकुमार साह, साउदी अरेबियामा तुसनबहादुर थापा, यूएईमा भुवानीप्रसाद तिमिल्सिना, मलेसियामा चोलाकान्त पंगेनीको नेतृत्वमा नयाँ समिति बनेको छ । जापानमा राजेन्द्रकुमार जमरकट्टेल, दक्षिण कोरियामा भजिन्द्र क्षेत्री, नेदरल्यान्डमा जितेन्द्रकुमार श्रेष्ठ, बेल्जियममा देवेन्द्र शर्मा (देबु), फ्रान्समा शिवराम भण्डारी, भारतमा दिपक झा, अमेरिकाका मुनिन्द्र नेम्बाङ र हङकङमा शैलेन्द्रसिंह बोगटी सभापति रहेको नयाँ समिति बनेको छ । कांग्रेसको ३७ देशमा जनसम्पर्क समिति छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *