भारतमा हावाको गुणस्तर सुधार भएपछि प्रतिबन्ध हटाइयो
भारत । भारतीय राजधानीमा बुधबार हल्का वर्षा र हावाको गति बढेका कारण वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएसँगै प्रतिबन्ध हटाइएको छ।
एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३६५ बाट २५८ मा झरेको छ। अधिकारीहरूले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) अन्तर्गत अब दिल्ली र गुरुग्राम, फरीदाबादको वरपरका क्षेत्रहरूमा विशेष प्रकारका सवारी साधनहरूमा प्रतिबन्ध लगाइएकोमा अब छुट दिइएको हो।
सरकारले नोभेम्बर २ मा शुरु गरेको यसअघिका कार्यहरूमा निर्माण र खानी जस्ता विभिन्न प्रदूषण निम्त्याउने गतिविधिहरू रोकिएको थियो। यद्यपि यी प्रतिबन्धहरू हटाइएपछि यी गतिविधिहरू पुनः शुरु हुने बताइएको छ।